गठबन्धन बैठक : कांग्रेस एक्लैले माग्यो १०० सिट, अरु कसले कति मागे ?


काठमाण्डु – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले आ–आफ्नो दावी पेश गरेका छन् ।

बिहीबार साँझ बसेको गठबन्धन बैठकमा पाँच दलले आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाटमा आ–आफ्नो पार्टीको तर्फबाट दावी पेश गरेका हुन् । बैठकमा कांग्रेसले १०० र माओवादी केन्द्रले ६० सिट दाबी गरेको बालुवाटारको बैठकपछि कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।

उनका अनुसार एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको छ । उनले भने, कुन दलको कस्तो स्थिति कस्तो छ भन्ने छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विषयमा पनि छलफल भएको थियो । राष्ट्रपतिले पूर्वप्रधानसेनापति लगायतसँग गरेको भेटघाट क्षेत्राधिकारभन्दा बाहिरको भएको नेताहरुले बताएका छन् । साथै बैठकमा १६५ वटै निर्वाचन क्षेत्रको गम्भीर समिक्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement