गठबन्धनलाई सिट बाँडफाटमा सकस : कार्यदलको बैठक आज पनि बस्दै


काठमाण्डु – पाँच दलीय गठबन्धनद्धारा गठित सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ ।

बिहीबार गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका बारेमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

गठबन्धनको निर्देशनअनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्न लागेको हो । बिहिबार बसेको कार्यदलको बैठकमा गठबन्धनमा आवद्ध पाँच दलले सिट बाँडफाटमा आ–आफ्ना पार्टीको तर्फबाट दावी पेश गरेका थिए ।

जसमा नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जनता समाजवादी पार्टीले ३२, राष्ट्रिय जनमोर्चा पार्टीले ३ सिटको दावी पेश गरेका छन् ।

सिट बाँडफाँट टुंगोमा पुग्नका लागि कार्यदलको बैठक झन्डै एक महिनादेखि चलिरहेको भए पनि निष्कर्षमा भने पुग्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement