१६५ निर्वाचन क्षेत्रमा २२७ वटा सिट पाउनुपर्ने अडानले सकसमा सत्ता गठबन्धन


काठमाण्डु- सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँटमा सहमित जुटाउन सकेको छैन् ।  पछिल्लो समय मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत भागबन्डा मिलाउन दिनहुँ बैठक बसेपनि सत्ता गठबन्धनभित्र सहमति जुटाउन सकस परेको हो ।

यस भन्दा अघि गठबन्धन दलहरुले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो । तर, कार्यदलले सिटबाँडफाँटमा सहमित जुटाउन नसके पछि सत्ता गठबन्धनका शीर्ष नेताहरुले आफै छलफलमा जुटेका हुन् ।  

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार सत्ता गठबन्धनमा  सहमित जुटाउन सकस परेको जनाइएको छ । जसअनुसार कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले २५ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेका छन् ।

 उनीहरूले दाबी गरेको कुल सिट संख्या २ सय २७ पुग्छ । जबकि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित हुने सिट संख्या १ सय ६५ मात्रै छ । त्यसैले सत्ता गठबन्धन दलहरु पछिल्लो समय निरन्तर छलफलमा जुटेपनि सहमति जुट्न सकेको छैन् । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसले चाहेको भन्दा बढी सिटमा दावी गरेकाले सहमति जुट्न नसकेको दावी गरेको छ ।

यता नेपाली कांग्रेसका नेताहरुले भने आफूहरुले मागेको जटि सिट नपाए गठबन्धन टुट्ने समेत बताउँदै आएका छन् । पछिल्लो समय नेपाली कांग्रेसको नेता डा. शेखर कोइरला सत्ता गठबन्धनविरुद्ध बोल्दै आएका छन् । 

त्यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पनि नेपाली कांग्रेसले सिट बाँडफाँटमा अटेर गरे गठबन्धन फुट्ने दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement