काठमाण्डु – सत्तारुढ पाँच दलीय गठबनधनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाटको टुंगो लगाउन दिउँसो १ बजेदेखि बैठक बसेको हो । बैठकले बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेशतिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटलाई लिएर गठबन्धन अझै अलमलमा छ । खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँट मिलाउन सकेको छैन ।
गठबन्धनले आगामी असोज १६ गतेअघि नै सबै सिट बाँडफाँट मिलाइसक्ने बताएको छ । गठबन्धनमा कांग्रेसले ८५ आसपास, माओवादीले ४७ आसपास सिट लिने गरी भाग मिलाउन लागेका छन्।




प्रतिक्रिया