सत्ता गठबन्धनको बैठक बस्दै, बागीलाई कारबाही गर्ने तयारी


काठमाण्डु – कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो ३ बजे बस्नेगरि बैठक बोलाइएको नेकपा एसका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

बैठकमा गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिएर फिर्ता नगर्नेहरुलाई कस्तो खालको कारबाही गर्ने भन्नेबारे छलफल हुने बताए ।

त्यस्तै चार दलका शिर्ष नेताले गठबन्धनको औचित्य, आवस्यकता तथा गठबन्धनलाई मत दिनुपर्ने कारणबारे खुलाउँदै संयुक्त अपिल जारी गर्नेछन् । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै विभिन्न दलहरु चुनावी तयारीमा होमिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement