सोमबार सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको नतिजाबारे समीक्षा हुने


काठमाण्डु- सत्ता गठबन्धनको बैठक सोमबार बस्ने भएको छ । सोमबार दिउँसो ३ बजे सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । भोली बस्ने बैठकमा चुनावको समीक्षा गर्नुका साथै अब कसरी जाने भनेर छलफल हुने जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पदाधिकारी बैठकपछि पत्रकारहरुसँगको कुराकानीमा सत्ता गठबन्धनको बैठक सोमबार बस्ने बताएका थिए । संघ र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनले तालमेल गरेको थियो ।

जसअनुसार कांग्रेसले ५७ सिट जितेको छ भने माओवादी केन्द्रले १७, एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement