मेरा लागि-सत्य पहाडी


भबिश्यको छत बनाएर

श्रमको पसिनाले

मेरो संसार सजाएर

टिलपिलाई रहेछ निल गगनमा मेरो उर्जाको तारा !

स्मृतीको क्यानभाषमा कोरीयको धमिलो आकृती झै

सपनी मा आउछ र बिलाउछ

तर कदाचित भुलेको छैन

त्यो प्रेरणाको स्वर

तिम्रो माटो पसिनाले सिंच

सुन फल्नेछ

आवस्यकतामा रगतले रंगाउ

स्वतन्त्रता मा फुल्नेछ

बाटो ईतिहास हो

हो यस्तै शब्दांसहरु

भोर जगाउदै लेखिएको

छ स्वाधिन र स्वाभिमानको

जाग्दो सतिसालको

लक्षको सुन्दर किनारा देखाएर

उ अझै पनि चम्किरहेछ क्षिजिजमा

मनको अन्धकार चिर्दै जगमगाईरहेछ

उहि मेरो जन्मदाता हो

एक पाईलो हिडाएर हजारौं माईल दौडिन सिकाउने

हो मेरो प्यारो बाबा हो

भन्नेले त भन्छन

उ बितिसकेको मान्छे हो

तर मेरा लागि

उदाईरहेको तारा हो

मेरो बाबा मेरा लागि जिवनदाता हो !!!

–  सन्दर्भ बुवा को मुख हेर्ने दिन अमर बाबा हरुमा समर्पित अमर सन्तानका बाबाहरुमा समर्पित !

प्रतिक्रिया दिनुहोस
Advertisement