राजदूत नियुक्तिका लागि उच्च तहमा छलफल हुँदैछ : परराष्ट्रमन्त्री साउद


काठमाण्डु- परराष्ट्रमन्त्री एनपी साउदले राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले च्च तहमा छलफल भइरहे बताउदैँ राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने जानकारी दिएका हुन् ।

हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, यूएई र कुवेत गरी ७ स्थानमा राजदूत पद रिक्त रहेको उनले बताए ।  ‘हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदूत पद रिक्त छ। राजदूत नियुक्तिमा सरकारले परराष्ट्रभित्रबाट ५० प्रतिशत र परराष्ट्र बाहिरबाट ५० प्रतिशत गर्ने कार्यविधिको प्रावधान छ। त्यही कार्यविधि अनुसार नियुक्त गर्ने सम्बन्धमा उच्च तहमा छलफल भइहेको छ। यो प्रक्रिया तत्काल टुंगिनेछ भन्ने विश्वास दिलाउन चाहन्छु’, उनले भने।

प्रतिक्रिया दिनुहोस
Advertisement