संसद्लाई जनमुखी बनाउन एमालेसँग छलफल गर्न तयार छु : सभामुख सापकोटा


काठमाण्डु – सभामुख अग्निप्रसाद सापकोटाले संसद् सञ्चालनको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग छलफल गर्न तयार रहेको बताएका छन् ।

उनले संसद्को गरिमा बढाउन सबैको भूमिका बराबर रहेको उल्लेख गर्दै आफू प्रतिपक्ष दल नेकपा एमालेसँग छलफलका लागि तयार रहेको स्पष्ट पारेका हुन् । उनले एमालेले पनि समीक्षा गर्दै संवादमा आउने र आगामी कात्तिक ९ गते बस्ने प्रतिनिधिसभाको बैठक सहज रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरे ।

नेकपा एमालेलाई फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै एमालेले निरन्तर संसद्‌मा विरोध जनाउँदै आएको छ । संसद् सञ्चालनको विषयमा सुरुमा सभामुखले र त्यसपछि प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकसमेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरेका थिए । राष्ट्रका संवेदनशील विषयहरू अगाडि बढाउन आफूले सहजीकरण गरेको उनको जिकिर छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement