सभामुख महरा र तिब्बतका पार्टी सचिव यु यिंग्जेबीच शिष्टचार भेटवार्ता


काठमाडौं – चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जे र सभामुख कृष्णबहादुर महराबीच शुक्रबार ल्हासामा शिष्टचार भेटवार्ता भएको छ ।

भेटमा सभामुख महराले नेपालको विकास र सफलताले चीनलाई पनि फाइदा पुग्ने बताए । नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह समेत गरेका थिए ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल-चीन सम्बन्ध थप सुदृढ भएको पनि बताए ।संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको जानकारी गराउँदै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताए ।

भेटमा चीनको तिब्बत स्वायत प्रदेशका कम्युनिष्ट पार्टीकासचिव यु यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिको एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताएको महराको सचिवालये जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement