शिक्षा विधेयक संसदमा दर्ता, यी हुन् विधेयकमा समेटिएका विषय


काठमाण्डु- प्रतिनिधिसभामा विद्यालय शिक्षा सम्बन्धी विधेयक दर्ता भएको छ । बुधवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता गरेका हुन् ।

उक्त विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन् । विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को परीक्षा मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

शिक्षकमा विशिष्ट श्रेणी राख्ने प्रस्ताव गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अविभावकहरुबाट मात्रै छनोट गर्न पाउने लगायतका प्रावधान पनि राखिएका छन् ।

त्यस्तै निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ । यसअघि सबै निजी विद्यालय गुठीमा जानुपर्ने गरी कानुन बनाउने गरी मस्यौदा तयार भए लगत्तै निजी स्कुल संचालकहरुले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement