चिसो बढेपछि बुटवलका विद्यालयमा ३ दिन जाडो बिदा

चिसो बढेपछि बुटवलका विद्यालयमा ३ दिन जाडो बिदा


बुटवल – चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयमा ३ दिन जाडो बिदा दिएको छ ।

उपमहानगरपालिकाले माघ ७ देखि ९ गतेसम्म ३ दिन जाडो बिदा दिएको छ ।

उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले सूचना जारी गरी उपमहानगरभित्रका सबै विद्यालयमा माघ ७ गतेदेखि ९ गतेसम्म बिदा दिने निर्णय भएको जानकारी दिए ।

उपमहानगरपालिकाको शुक्रवार बसेको बैठकले बिदा सम्बन्धी निर्णय गरेको छ । जाडोका कारण बुटवलको जनजीवन प्रभावित भएको छ ।