काठमाण्डु – कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बमलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले बमलाई बिहीबार धनगढी उपमहानगरपालिका–१ स्थित डेरी पसलबाट पक्राउ गरेको हो ।
अख्तियारको टोलीले उनलाई २ लाख रुपैयाँ घुससहित रङ्गेहात पक्राउ गरेको छ । विद्यालयका कर्मचारीको तलब तथा सेवासुविधा बढाइदिने भन्दै बमले रकम माग गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
अख्तियारको टोलीले पक्राउ परेका बमबाट बरामद रकम तथा अन्य आवश्यक कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।




प्रतिक्रिया