सीट बाँडफाँटको मोडालिटी तय गर्न सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै


काठमाण्डु –  आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि गठित सत्ता गठबन्धनको कार्यदलको बैठक बस्दै छ ।

सीट बाँडफाँटको मोडालिटी तय गर्न कार्यदलको दोस्रो बैठक आज दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने कार्यदलको तयारी छ ।

गठबन्धनले यसअघि सिट संख्या बाँडफाँट मिलाउन ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाली कांग्रेसबाट तीनजना र अन्य दलबाट दुई,दुई जना सदस्य रहेका छन् । कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्।

नेकपा माओवादीबाट वर्षमान पुन र जनार्दन शर्मा रहेका छन् भने नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रमेश हमाल कार्यदलका सदस्य रहेका छन् । जसपाबाट रामसहायप्रसाद राय र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement