सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः विप्लबलाई राजनीतिक व्यवहार नगर्नु


सुर्खेत – गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् ।

गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए ।

तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement