एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस्


काठमाण्डु- कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा सार्वजनिक भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गरेर आइतबार नतिजा प्रकाशन गरेको  हो ।

कोरोना भाइरस संक्रमणका कारण विद्यालयले भौतिकरुपमा परीक्षा संञ्चालन नगरि आन्तरिक मूल्यांकन गरेको थियो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गरेको छ ।

बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको हो ।

परीक्षार्थीलेwww.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np www.ekantipur.comwww.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने बोर्डले जनाएको छ । साथै आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement