एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले यस पटकको एसइई परीक्षा पनि गत वर्षझैं आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस पटक पनि कोभिड संक्रमणको उच्च जोखिम बढ्दै गएकाले एसइई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले बताए।

आइतबार राष्ट्रिय परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा एसइई परीक्षा सञ्चालनको विकल्पसहितको प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनमा मन्त्रालयले छलफल गरेको थियो। प्रतिवेदनकै आधारमा मन्त्री श्रेष्ठले मन्त्रिपरिषद्मा प्रस्ताव लगेका थिए।

सोही आधारमा मन्त्रिपरिषद्ले सोमबार आन्तरिक मूल्यांकनबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको ती मन्त्रीले जनाए। कोभिड–१९ को जोखिम बढ्दै गएपछि जेठ १३ मा हुने तय भएको एसइई परीक्षा सिसिएमसीले स्थगित गरेको थियो।-यो समाचार आजको नागरिक दैनिकमा छ ।