एसईईको तयारी पूरा: चार लाख ८५ हजार परीक्षार्थी, एक हजार नौ सय ५६ केन्द्र


काठमाडौं–चैत ८ गते देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार लाख ८५ हजार परीक्षार्थी सहभागी हुने भएका छन् ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ गरी ४ लाख ८५ हजार ५ सय ८६ विद्यार्थी विद्यार्थी एसईईमा सम्मिलित हुने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए ।

उनका अनुसार नियमितका ८ हजार ७ सय ३४ र एम्जाम्टेड तर्फका २० जना प्राविधिक धारका विद्यार्थी रहेका छन् । एसईईका लागि १ एक हजार ९ सय ५६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी एसईईको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रक रेग्मीकका अनुसार उत्तरपुस्तिका, प्रश्नपत्रलगायत परीक्षा सञ्चालन गर्न आवश्यक पर्ने सामग्री जिल्ला हुँदै सम्बन्धित परीक्षा केन्द्रमा पु¥याइसकिएको छ ।

परीक्षा सञ्चालका लागि १ हजार ९ सय ५६ केन्द्रध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्रध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी परिचलन गरिने बोर्डले जनाएको छ ।

तालिकाअनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली, १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ । प्राविधिक धारतर्फको परीक्षा भने चैत २० गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।

अनिवार्य विषयतर्फ गणित बाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने नयाँ व्यवस्था गरिएको छ । परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement