एसईईमा ‘ई’ ग्रेड ल्याउनेले पनि कक्षा ११ मा पढ्न पाउने


काठमाण्डु- राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि प्रमाणपत्र दिने व्यवस्था गरेको छ ।

बोर्डले एसईईमा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको हो । मा लेटर ग्रेडिङ निर्देशिका २०७८ मा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर यसबर्षको एसईई परिक्षाको नतिजामा भने उक्त निर्देशिका लागु नगर्ने निर्णय गरेको हो ।

कोरोनाको दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको बोर्डले जनाएको छ । अब एसईईमा ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले पनि कक्षा ११ मा पढ्न पाउने छन् । बोर्डले आज एसर्ईईको नतिजा सार्वजनिक गर्दैछ ।

ग्रेड कसरी छुट्याउने ?

अक्षरांकन (ग्रेडिङ) विधि अनुसार ९० देखि १०० अंक ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सीप्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डीप्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेडमा मूल्यांकन गर्ने व्यवस्था छ ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा

एसएमएस सेवा प्रदायक स्प्यारो एसएमएसले एसईईको नतिजा उपलब्ध गराउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयसँग साझेदारी गर्दै स्प्यारोले हरेक वर्षझैं एसईई २०७८/७९ को नतिजा पनि एसएमएसबाटै हेर्ने सुविधा दिन लागेको जनाइएको छ ।

नतिजा थाहा पाउन मोबाइलको मेसेज बक्समा गई आफ्नो सिम्बोल नम्बर टाइप गरेर एउटा स्पेस दिई ३५००१ मा एसएमएस पठाउनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement