नरेन्द्र मोदीसँग साहरुख र आमिर खानको सेल्फी


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलिउडका चर्चित कलारकारसँग भेट गरेका छन् । महात्मा गान्धीको १५० आंै जन्म उत्सवको अवसर पारेर आयोजना गरिएको भिडियो प्रदर्शनी कार्यक्रममा बलिउडका कलाकार पुगेका हुन् ।

राजकुमार हिरानी निर्दे्शित भिडियो ‘चेन्ज विथइन’मा बलिउडका चर्चित कलाकारहरु साहरुख खान, आमिर खान, सलमान खान, आलिया भट्ट, रणवीर कपुर, सोनम कपुर, विक्की कौशल लगायतलाई देख्न सकिन्छ ।

सय सेकेन्ड लामो भिडियोमा महात्मा गान्धीका चर्चित भनाइहरुलाई समावेश गरिएको छ । मोदीसँगको भेटमा नायक साहरुख खानले विश्वलाई फेरि एकपटक महात्मा गान्धीको नयाँ भर्सन चाहिएको बताएका थिए ।

फिल्म कलाकारप्रतिको लगाव लुकेको छैन । मोदीले भलै फिल्म हेर्न भ्याउँदैनन् तर बेलाबेला बलिउड र टीभी कलाकारहरूसँग भेटिरहेका हुन्छन् ।

केही दिन पहिले मोदीले करण जोहर, आलिया भट्ट, सिद्धार्थ कपूरलगातका कलाकारसँग भेटेको सेल्फी भाइरल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement