आफ्नो भूमीबाट भारतीय सेना फिर्ता गर्दै माल्दिभ्स

आफ्नो भूमीबाट भारतीय सेना फिर्ता गर्दै माल्दिभ्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – राष्ट्रपति मोहम्मद मुइज्जुको नेतृत्वमा रहेको माल्दिभ्सको नयाँ सरकारले आफ्नो कामको पहिलो दिन माल्दिभ्सबाट भारतीय सेना फिर्ता गर्न भारतलाई औपचारिक अनुरोध गरेको छ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा माल्दिभ्स सरकारले माल्दिभ्समा रहेका भारतीय सेनालाई फिर्ता गर्न भारत सरकारलाई औपचारिक अनुरोध गरेको छ ।

राष्ट्रपति मुइज्जुको सपथ ग्रहण समारोहमा सहभागी हुन गएका भारतीय भूविज्ञान मन्त्री किरेन रिजिजुसँगको भेटमा मुइज्जुले यस विषयमा औपचारिक रुपमा कुराकानी गरेको विज्ञप्तिमा उल्लेख छ ।