सेनाका अवकासप्राप्त उच्च अधिकारीको पेन्शन रोक्ने सरकारी तयारी


काठमाडौं– सरकार र प्रधानमन्त्रीको विरुद्धमा बोल्ने सैनिक अधिकृतहरुको पेन्सन रोक्नेबारे छलफल भएको छ । सेनाका अवकासप्राप्त केही उच्च अधिकारी सरकार र प्रधानमन्त्रीको विरुद्धमा गाली गलौचमा उत्रेपछि सरकारले उनिहरुको पेन्सन रोक्ने तयारी गरेको हो ।

उच्च स्रोतले दिएको जानकारीअनुसार यसबारेमा गत साता बसेको मन्त्रिपरिषदको वैठकमा समेत गम्भिर रुपमा छलफल भएको छ । सेनाका अवकासप्राप्त सहायकरथी प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री र सरकारका विरुद्ध गाली गलौचमा उत्रेको भन्दै उनलाई कार्वाही गर्नुपर्ने आवाज उठेको हो ।

वैठकमा मन्त्रीहरुले सेनाका अवकासप्राप्त केही उच्च अधिकारीहरु र केही निजामति कर्मचारीहरुले निरन्तर रुपमा सरकार र प्रधानमन्त्रीलाई गाली गलौच गरेको भन्दै उनिहरुको सुविधा खोस्नुपर्ने आवाज उठाएका थिए ।

‘सरकारको तलव भत्ता र पेन्शन खाने अनि त्यही सरकार र प्रधानमन्त्रीलाई गाली गलौच गर्नु शोभनिय भएन्,यस्तो गर्नेलाई केही न केही सजाय दिनुपर्छ भन्ने आवाज उठेको छ ।’ एक मन्त्रीले काठमाडौंपाटीसंग भने । सरकारले अवकासप्राप्त कर्मचारीहरुको वारेमा समेत मापदण्ड बनाउने तयारी गरेको छ ।

अवकासप्राप्त सहायकरथी वस्न्यातले नेता र मन्त्रीहरुलाई समेत दलालको संज्ञा दिंदै आएका छन् । उनले नेकपाका महासचिव विप्लव नेतृत्वको पार्टी विजय भएरै छोड्ने समेत बताएका थिए । त्यसका साथै विप्लवमाथी सरकारले लगाएको प्रतिवन्धको समेत वस्न्यातले विरोध गरेका थिए ।

बस्न्यातले सेना परिचालनसम्बन्धी विद्येयक असान्दर्भिक भएको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना समेत गरेका थिए ।

त्यसैगरी पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले समेत सरकारको आलोचना गरेका थिए । उनले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)संग औपचारिक वार्ता विनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका थिए ।
गत भदौ २४ मा अवकास पाएका क्षत्रीले विप्लवमाथी प्रतिवन्ध लगाएर गल्ति गरेको भन्दै सरकारको आलोचना गरेका थिए ।
उनले प्रतिबन्धित नेकपाका नेता-कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्न समेत सुझाव दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement