सेनाका उपरथी राणा रथीमा बढुवा


काठमाण्डु – नेपाली सेनाका उपरथी सरोज प्रताप राणा रथीमा बढुवा भएका छन् । सैनिक गूप्तचरका प्रमुख समेत रहेका राणालाई बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सेनाका रथी राणालाई बलाध्यक्षको जिम्मेवारी दिइएको छ । सेनामा दुई रथीको दरबन्दी रहेको छ । सेनाका रथी ईश्वर हमालको रिक्त ठाउंमा राणाको बढुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement