भ्रमण वर्ष २०२० लाई सफल बनाउन सेनाले थाल्यो तयारी

भ्रमण वर्ष २०२० लाई सफल बनाउन सेनाले थाल्यो तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाले भ्रमण वर्ष २०२० लाई सफल बनाउन तयारी थालेको छ ।  रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र प्रधानसेनापति पूर्णचन्द्र  थापाको उपस्थितिमा नेपाल सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष २०२० ” लाई सफल बनाउन प्रचार प्रसार गर्ने उद्देश्यका साथ नेपाली सेनाले जंगी अड्डामा बिहिवार बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाल सरकारको मिसन “नेपाल भ्रमण वर्ष २०२०” लाई सफल पार्नको साथै सहयोग पुर्याउन नेपाली सेनाले गरेको कामप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाल सरकारको हरेक निर्णयलाई नेपाली सेनाले आफ्नो क्षमता र दक्षताले भ्याएसम्म सहयोग गर्दै आएको बताए ।

उनले सरकारले घोषणा गरेको “नेपाल भ्रमण वर्ष २०२० ” कार्यक्रमलाई पनि प्रस्ताव भएका ईभेन्टहरु लगायत अन्य कार्यक्रमहरुमा समेत सेनाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

भ्रमण वर्षलाई  सफल बनाउन नेपाली सेनाले बलाधिकृत तथा बलाध्यक्ष रथीको कमाण्डमा २ वटा समितिको समेत गठन गरेको छ ।