रक्षामन्त्री र सेनापतिले एउटै स्वरमा भने ‘राष्ट्रको स्वाधिनताको रक्षा सेनाले गरेको छ ’


काठमाडौं– रक्षामन्त्री भिमसेन दास प्रधानले नेपालको एकीकरणमा नेपाली सेना र नेतृत्व वर्गले पु¥याएको योगदानले नै राष्ट्रको स्वाधिनता, भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्न सफल भएको बताएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित ‘नोन टे«डिसनल मिलिटेरी रोल हवाट इज द राइट अप्रोच फोर नेपाल आर्मी’ विषयक एक दिने सम्मेलनमा प्रधानले उक्त कुरा बताएका हुन ।

कांग्रेस नेता समेत रहेका प्रधानले शितयुद्धको अन्त्यसँगै कयौं देशहरुमा सेनालाई आफ्नो परम्परागत जिम्मेवारीको अलावा अन्य जिम्मेवारीहरु दिईएको उदाहरणहरु रहेको समेत बताए ।

उनले राष्ट्रको आवश्यकता एवं समयले माग गरे अनुसारको परिस्थितिमा नेपाली सेनाले पनि विकास निर्माण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्य, प्रतिविद्रोह, मानवीय सहायता जस्ता कार्यहरु उदाहरणीय रुपमा गर्दै आईरहेको दाबी समेत गरे ।


सम्मेलनका सहभागीहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेनाले आफ्नो परम्परागत जिम्मेवारी अन्तर्गत राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्वतन्त्रता एवं सार्वभौमिकताको रक्षा गर्दै आएको बताए । उनले आफ्नो प्राथमिक जिम्मेवारीको अलावा सेनाले विपद् व्यवस्थापन तथा मानवीय सहायता, राष्ट्रिय विकास, प्रकृति संरक्षण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पु¥याईरहेको दाबी गरे । क्षत्रीले विश्वका धेरै राष्ट्रहरुले आफ्नो सैनिक जनशक्तिलाई राष्ट्रिय सुरक्षा तथा राष्ट्रिय गौरवका रणनैतिक महत्वका आयोजना कार्यान्वयनमा लगाउने गरेको समेत उल्लेख गर्नु भयो ।

सम्मेलनमा वर्तमान र भविश्यमा नेपाली सेनाको अपरम्परागत सैनिक भुमिका सन्दर्भमा छलफल भएको थियो । सो छलफल कार्यक्रममा सम्बन्धित विषय विज्ञहरु, नेपाली सेनाका अवकाश प्राप्त रथीवृन्द तथा वुद्धिजीवीहरुको समेत सहभागिता रहेको सेनाले जनाएको छ । सम्मेलनको समापन बलाधिकृत रथी श्री पूर्णचन्द्र थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement