बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभागको नेतृत्व गर्ने


काठमाण्डु नेपालको बैंकिङ क्षेत्रका सेलिब्रिटी बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बालाजुस्थित मुख्यालयमा शाहलाई पार्टी प्रवेश गराएका हुन् । त्यसबेला सभापति रविले शाहलाई रास्वपाको ब्याचसमेत लगाइदिए।

लामो समयसम्म बैंकिङ क्षेत्रमा नेतृत्व गरेका शाहले पछिल्लो समय नबिल बैंकबाट जागिरेका रुपमा सीईओबाट राजीनामा दिएका थिए। अब शाहले रास्वपामा प्रशिक्षणविभागको नेतृत्व गर्ने जनाइएको छ । प्रशिक्षण विभागको नेतृत्व लिएर शाहले अब रास्वपाका नेता, कार्यकर्तालाई प्रशिक्षण दिने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement