शाहरूखको रेकर्ड तोड्दै अजय देवगन, जसको १४ फिल्मले कटाए १०० करोड


मुम्बइ – शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ । योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ ।

भारतीय समाचार माध्यमका अनुसार ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।

यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाइ १०० करोडको क्लबमा रखाउन सफल भएका छन ।

यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन । यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्‍याएका छन । त्यसपछि मात्रै वलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement