प्रधानमन्त्री ओलीलाई बधाई दिन पाकस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आउँदै


काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकस्तानी प्रधानमन्त्री शाहिद खाकान अब्बासी नेपाल आउने भएका छन् । ओलीलाई बधाई दिन उनी यहि फागुन २१ गते नेपाल आउन लागेको हुन् ।

दुई दिने नेपाल बसाइका क्रममा प्रधानमन्त्री अब्बासीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनामा पेपर्स काण्डमा मुछिएर राजीनामा दिएपछि अब्बासी प्रधानमन्त्री बनेका थिए । नेपाल सार्क राष्ट्रको अध्यक्ष देश हो । पछिल्लो पटक सन् २०१४ मा काठमाडौंमा भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सम्मेलनका क्रममा प्रधानमन्त्री सरिफले नेपाल भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement