फर्किए पाकिस्तानी प्रधानमन्त्री अब्बासी


काठमाडौ –पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् । दुई दिने नेपाल भ्रमण पूरा गरेर उनी स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री अब्बासीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । साथै मंगलबार विहान माओवादी अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड‘ सहितका नेताहरुले उनले भेटेका थिए ।

उनी सोमबार अपराहृन काठमाडौं आएका थिए । अब्बासीलाइ सैनिक मन्च टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो भने साँझ प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानी समकक्षी अब्बासीबीच भेटवार्ता भएको थियो । अब्बासीलाई विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

दुई देशबीचको समस्याले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधि र प्रक्रिया प्रभावित हुन नहुनेमा जोड दिँदै पाकिस्तानी प्रधानमन्त्रीले आगामी दिनमा सार्कको भूमिकालाई सशक्त तुल्याउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement