ऐश्वर्य रायकी म्यानेजरलाई बचाउँदा शाहरुख खान घाइते


एजेन्सी – बलिउडकी चर्चित अधिनेत्री ऐश्वर्य रायकी म्यानेजरलाई आगोबाट बचाउँदा शाहरूख खान घाइते भएका छन् । आइतबार राती दीपावलीका अवसरमा अभिनेता अमिताभ बच्चनले आयोजना गरेको भोजमा अभिनेत्री तथा ऐश्वर्यकी म्यानेजर अर्चना सदानन्दको लेहेंगामा सल्किएको आगो निभाउँदा शाहरुख खान घाइते भएका हुन् ।

शाहरूखले आगो निभाए पनि अर्चनाको दायाँ खुट्टाको १५ प्रतिशत भाग र हातको केही भाग जलेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।  धेरै वर्षदेखि ऐश्वर्यको म्यानेजरका रूपमा काम गर्दै आएकी उनलाई थप संक्रमण नहोस् भनेर आइसियूमा राखिएको बताइएको छ । अर्चनालाई बचाउने हुँदा शाहरूख हात अलिअलि पोलिएको र सामान्य चोटपटक लागेको हिन्दुस्तान टाइम्सले लेखेको छ ।

भारतीय सञ्चारमाभ्यमहरुले अभिनेता शाहरूख खानलाई फिल्ममा मात्र नभई वास्तविक जीवनमै ‘हिरो’ भनेका छन् । अमिताभको पार्टीमा भएको यो दुर्घटना  ३ बजे भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement