सिस्नुपानी नेपालबाट निकालिए शैलेन्द्र सिम्खडा


काठमाडौं – व्यंग्यकवि शैलेन्द्र सिम्खडा सिस्नुपानी नेपालबाट निकालिएका छन् । सिस्नुपानी नेपालले हरेक वर्षको तिहारमा आयोजना गर्ने हास्यव्यंग्यात्मक ‘देउसी–भैलो’ यसपाली सिम्खडालाई देख्न नपाइनिे भएको छ ।

आयोजकले आफूलाई नेताहरुले अप्ठ्यारो मानेकाले यो देउसीमा तपाईंलाई समावेश गर्न सकेनौं भनेर पन्छाएको सिम्खडाले बताए ।

सिम्खडाका अनुसार सिस्नुपानी नेपालका अध्यक्ष टंक आचार्यसँग उनले कुरा गरेका थिए । ‘मेरो प्रस्तुति रहेमा नेताहरु नआउने जस्तो भाव व्यक्त गर्दै उहाँले गज्याङगुजुङ कुरा सुनाउनुभयो,’ सिम्खडाले भने, ‘मलाई पन्छाउन उहाँले नेताहरुको बहाना बनाएको हो वा साँच्चिकै दबाब आएको हो दैव जानुन् ।’

आफ्नो प्रस्तुती नेतालाई बिझाउने र दर्शकलाई रिझाउने खालका हुने भन्दै दर्शकलाई बिझाउने र नेतालाई रिझाउने बाटोमा सिस्नुपानी गएको हो भने त्यो दुर्भाग्यपूर्ण हुने बताए ।

सिम्खडाको व्यंग्य कवितामा राजनीतिक नेतृत्व र चरित्रमाथि कटु प्रहार गरिएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement