जाजरकोटमा पूर्व गृहमन्त्री बस्नेतलाई कति सहज ?


जाजरकोट– माओवादी केन्द्रका नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतले आगामी १० मंसिरमा हुने निर्वाचनमा जाजरकोटबाट प्रतिनिधीसभा सदस्यका लागी मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट पूर्व सभासद् राजीवविक्रम शाहले पनि प्रतिनिधिसभाको सदस्यमा मनोनयन दर्ता गराएका छन् ।

 

 

प्रतिनीधी सभाका लागि एक मात्र निर्वाचन क्षेत्र भएको जाजरकोट जिल्लामा बस्नेत मात्रै त्यस्ता नेता हुन्, जसको केन्द्रीय राजनीतिमा प्रभावशाली भूमिका छ । उनी स्थानीय जनतामा पनि निकै लोकप्रिय युवा नेतामा पर्छन् ।

 

 

 

पूर्वगृहमन्त्री समेत रहिसकेका उनी पार्टीको केन्द्रीय निकायमा तथा राज्यको नीति निर्माण तहमा प्रभाव पार्न सक्छन् । प्रभावशाली गृहमन्त्रालयको बागडोर सम्हालिसकेको र मुलुककै नीति निर्माणमा समेत दह्रो भूमिका निर्वाह गरिसकेका कारण मात्रै होइन्, स्थानीयका दुःख सुखसँगै रहने भएका कारण पनि बस्नेत प्रतिनीधी सभाका लागि सबैभन्दा बलियो उम्मेदारका मानिन्छन् । जिल्लाको विकास निर्माणमा बस्नेतको ठूलो योगदान रहेको छ ।

 

 

सुरुमा जाजरकोटलाई पिछडिएको जिल्लाको रुपमा दर्ज गराउन उनी निकै सक्रियताका साथ लागेका थिए । जाजरकोट जिल्लाका स्थानीय निकायका कर्माचारी तथा शिक्षकलाई कर्णाली अञ्चलका कर्मचारीहरुले पाउने सरहको सेवासुविधा दिलाउनका लागि पनि उनले महत्वपूर्ण भूमिका खेलेका थिए । जुन जिल्ल्लाका शिक्षक, कर्मचारीका लागि अविस्मरणीय रहेको नागरिक समाजका अगुवा राजेन्द्र विक्रम शाहको ठम्याइ छ  ।

 

 

जिल्लामा आइपर्ने कुनैपनि समस्या जुन केन्द्रबाट हल गर्नुपर्ने हुन्छ, त्यसमा तत्कालै अग्रसरता लिने गुणले पनि उनलाई स्थानीयमांझ लोकप्रिय बनाएको हो । यही क्रियाशीलताकै कारण जाजरकोटी जनताले सम्झने नेताका रुपमा बस्नेत चिनिन्छन् । जाजरकोट जिल्लाको भाग्यरेखाको रुपमा रहेको बहुचर्चित ४२० मेगावाटको नलसीङगाड जलविद्युत आयोजनामा पनि बस्नेतकै पहलकदमी रहेको थियो । जुन अहिले डीपीआर निर्माणको चरणमा छ ।

 

 

 

 

जाजरकोट, रुकुम, सल्यान, सुर्खेत र डोल्पाको प्रवेशद्धारको रुपमा रहेको तर निर्माण थालनी भएको १२ वर्षसम्म पनि निर्माण सम्पन्न नभई अलपत्र अवस्थामा रहेको भेरीपुल बस्नेत गृहमन्त्री भएको अवस्थामा उनकै विशेष पहलमा निर्माण सम्पन्न भएको थियो । जसबाट लाखौं जनताहरु लाभान्वित भएका छन् ।

 

 

मध्यपश्चिमी पहाडका लागि दूरगामी महत्वको रुपैडीहादेखि चीनको मरीन्धोहसम्मको उत्तर—दक्षिण भेरी करिडोरको निर्माणमा लागि पनि बस्नेतको अग्रसरता प्रमुख मानिन्छ । करिडोरले चाइना र भारतसँगको दुरी नजिक तुल्याउने र जाजरकोटसहितका पहाडी जिल्लाहरुमा आर्थिक समृद्धि र आयआर्जनका प्रशस्त अवसरहरु सिर्जना हुने देखिन्छ ।

 

 

 

जाजरकोट पाँचकाटिया, बारेकोट—जुम्ला सडक, जाजरकोट—डोल्पा सडक, पैंक व्याउली ढुंगा सडक, छेडा, चाँदे जुम्लाजस्ता रणनीतिक महत्वका सडक बस्नेतकै पहलमा निर्माणधीन अवस्थामा रहेका छन् । यसका साथै १०० भन्दा वढी स्थानीय सडकहरु निर्माणका क्रममा छन् । 

 

 

 

त्यसैगरी बजारभित्र रहेका गैरीखाली वाहुनवारा ठाँटी सडक, गैरीखाली जिल्ला प्रशासन कार्यालय सडक वस्नेतले निर्वाचन क्षेत्र विकास कोषबाट निर्माण थालनी गराएका हुन् ।

 

 

 

 

 

 

चालु आर्थिक वर्षमा मात्रै १ सय ५० विद्यालयमा खेलकुद मैदान निर्माण उनकै पहलमा सम्पन्न भएका छन् । जिल्लाका गरिव असहायहरुका छोराछोरीलाई जिल्लामै थोरै खर्चमा प्राविधिक शिक्षा आर्जनको लागी १८ महिने कृषि र भेटेनरी जेटीए कोर्ष जिल्लाको दुर्गम जुनीचाँदे गाउँपालिकाको कोर्ताङ्ग र भेरी नगरपालिकाको कालेगाउँमा सञ्चालन भइरहेका छन ।

 

 

 

 

जहाँ वर्षेनी १ सय २० जना प्राविधिक जनशक्ति उत्पादन हुने अवसर सिर्जना भएको छ । त्यसैगरी जिल्लाको नारायण मावि कार्कीगाउँ र लक्ष्मीप्राप्ती मावि खुर्पामा प्राविधीक शिक्षा (८–१०) को व्यवस्था पनि बस्नेतकै पहलमा भएको हो ।

 

 

स्वास्थ्यको क्षेत्रमा १५ शैय्याको जिल्ला अस्पताललाई वस्नेत गृहमन्त्री भएको बेलामा ५० शैय्यामा स्तरोन्नती गरिनुका साथै पहिले डाक्टरको उपलव्धता नहुने जिल्ला अस्पतालमा हाल कम्तीमा पाँच जना एमबीबीएस डाक्टरद्वारा चौवीसै घण्टा स्वास्थ्य सेवाको उपलब्ध हुन थालेको छ । उता प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट, दल्ली र लिम्सामा एमवीवीएस डाक्टरद्वारा सेवा प्रदान भइरहेको छ, जसमा उनकै महत्वपूर्ण भूमिका रहेको जुनीचाँदे गाउपालिकाका स्थानीय समाजसेवी देव खड्का बताउँछन् ।

 

 

 

सिचाइ र खानेपानी निर्माणको क्षेत्रमा पनि बस्नेतको योगदान महत्वपूर्ण रहेको छ । जाजरकोट जिल्लाको सबैभन्दा ठूलो खाद्य भण्डारका रुपमा चिनिने भुरचौरको सिचाइका लागि उनले नै अगुवाई गरिरहेका छन् । जुन हाल निर्माणाधीन अवस्थामा छ ।

 

त्यसैगरी जाजरकोटको विकट रोकायागाउँको नौफेरी सिचाइ योजना, नायकवाडाको दह सिचाइ योजना जुन पञ्चायतकालीन मन्त्री दीपबहादुर सिंहको पाला देखी अलपत्र थियो हाल सञ्चालनमा आएका छन् । त्यसैगरी जाजरकोटको अर्को समथरभूमी जगतीपुरको कुदुमा पनि लिफ्ट सिचाइको योजनाको सुरुवात उनकै अग्रसरता रहेको छ ।

 

 

जनतासँगै रमाउने नेता भनेर चिनिने बस्नेत जिल्लामा आइपरेको माहामारीको वेला आफै हेलिकप्टरमार्फत औषधी र डाक्टर लिएर प्रकोपग्रस्त बस्ती—बस्तीमा पुगेर स्थानीयको उपचारको ब्यवस्था गर्न दिनरात खटिएका थिए ।

 

 

दुई ठूला तथा दुखदायी बस दुर्घटना जाजरकोटले ब्यहोर्नु परेको थियो । जसले सिंगो जाजरकोटलाई शोकमा डुबायो । बस्नेतका लागि पनि यी दुवै दुर्घटना निकै पीडादायी थिए । उनी तत्कालै उद्धार र राहतमा खटिए । दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरको व्यवस्था गरी उपचार गराउने कार्यमा उनको महत्वपूर्ण योगदान रहेको अखिल क्रान्तीकारीका नेता देव बोहोराकोे बताए ।

 

 

यतिमात्रै होइन्, सादगी जीवनशैली बिताउने नेता बस्नेत जनयुद्धकालमा पनि राजनीतिक परिवर्तनका लागि जीवन दाउमा राखेर युद्धमोर्चामा सक्रिय थिए । उनी लामो समय गणतान्त्रिक र लोकतान्त्रिक परिवर्तन जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको जनमुक्ति सेनामा रहेर काम गरिसकेका छन् । जसका कारण जाजरकोटमा यस पटक बस्नेतको विकल्प नरहेको स्थानीयहरुको बताउँछन् ।

 

 

बाम गठबन्धनपछि जित झन् सहज
बाम गठबन्धनपछि उनको जित झन विजय उन्मुख छ । २०७० सालमा भएको निर्वाचनको मतपरिणामलाई हेर्दा पनि वस्नेतको विजयमा सजिलो देखिन्छ । २०७० सालको निर्वाचनमा दुई क्षेत्र रहेको जाजरकोटमा क्षेत्र नं १ मा माओवादी केन्द्र ८०७३, नेकपा एमाले ७५७३ र नेपाली कांग्रेसले ७३१७ मत पाएका थिए ।

 

 

 

त्यस्तै क्षेत्र नं २ मा माओवादी केन्द्र ५७४४, नेकपा एमाले ९०७१ र नेपाली कांग्रेश ९३१७ मत रहेको थियो । अहिले नेपाली कांग्रेसको दुवै क्षेत्रको मतपरिणाम जोड्दा १६६३४ मत हुन जान्छ । जबकि माओवादी एमाले गठबन्धनको मत झण्डै दोब्बर बढी अर्थात ३०४६१ हुन जान्छ ।

 

 

 

यस्तो छ स्थानीय तहको निर्वाचनको परिणाम
स्थानीय तहको निर्वाचनमा पनि बाम गठबन्धनको पल्लाभारी भएको थियो । जिल्लाका ७ वटा स्थानीय तहमध्ये नेकपा एमालेले ३ र माओवादी केन्द्रले २ स्थानीय तहमा जित निकालेका थिए भने कांग्रेसले मात्र २ तहमा जितेको थियो । सबैभन्दा बढी मतदाता रहेको छेडागाड नगरपालिका र भेरी नगरपालिकामा एमालेले जितेको थियो, जसको प्रत्यक्ष फाइदा यस पटक बस्नेतले लिनेछन् ।

 

 

दुई वटा महत्वपूर्ण नगरपालिकासहित एमालेले शिवालय गाउपालिका पनि जितेको छ भने जुनीचादेमा कांग्रेस स्थानीय तहको निर्वाचनको प्रतिस्पर्धामा तेस्रो स्थानमा मात्रै रहेको छ । त्यसैले पनि बाम गठबन्धनसँगै बस्नेतको प्रभाव कांग्रेसको तुलनामा दोब्बर वृद्धि भएको छ । यस पटक कांग्रेस उम्मेदवार राजीवविक्रम भन्दा बाम गठबन्धनका उम्मेदवार बस्नेत झण्डै दोब्बर बढी मतले अगाडि देखिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement