जाजरकोटमा भाइरल ज्वरो नियन्त्रणमा नआएपछि विशेषज्ञको टोलीसहित प्रभावित क्षेत्र जांदै पुर्व गृहमन्त्री बस्नेत


काठमाडौं– पुर्व गृहमन्त्री शक्तिबहादुर वस्नेत डाक्टरसहित जाजरकोटमा फैलिएको मौसमी रुघाखोकी प्रकोप प्रभावित क्षेत्रमा जाने भएका छन् । बस्नेतका स्वकिय सचिव अरुण बस्नेतकाअनुसार पुर्व गृहमन्त्री बस्नेत हेलि एभरेष्टको हेलिकोप्टर लिएर शनिवार प्रभावित क्षेत्र मजकोट जाने भएका छन् ।

 

जाजरकोटमा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ ।  जाजरकोटमा सबैभन्दा बढी जुनीचांदे गाउपालिका प्रकोपबाट प्रभावित छ ।  यसअघि वस्नेतकै पहलमा प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पठाइएको थियो । प्रकोप नियन्त्रणमा नआएपछि विशेषज्ञसहितको टोली र औषधी लिएर बस्नेत प्रभावित क्षेत्रमा जान लागेका हुन् ।

 

टोलीमा स्वास्थ्यमन्त्री दिपक बोहरा, जाजरकोट प्रदेश सभाका सांसद करविर शाही, २ जना विशेषज्ञ डाक्टर र स्वास्थ्यसचिव पुष्पा चौधरी छन् । बस्नेत जाजरकोटबाट प्रतिनिधित्व गर्ने सांसद समेत हुन ।

प्रतिक्रिया दिनुहोस
Advertisement