शनी विश्वकर्मा बने पहिलो नेपाल लोक स्टार


काठमाडौं – राेल्पाका शनि विश्वकर्मा लोक गायन रियालिटी शो ‘नेपाल लोक स्टार’ को विजेता भएका छन् । शुक्रबार भृकुटीमण्डपमा सम्पन्न ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो उत्कृष्ट मौलिक आवाजको धनी पाएको हो । ग्राण्ड फिनालेमा पुगेका चार प्रतिस्पर्धीलाई पछि पार्दै शनी पहिलो नेपाल लोक स्टार बनेका हुन् ।

ग्राण्ड फिनालेमा रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे र शनी विश्वकर्मा पुगेका थिए । पहिलो भएसँगै शनीले नगद ५० लाख रुपैयाँ जिते । फस्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए ।

फस्ट रनरअपको उपाधि जितेका चेतनले २५ लाख रुपैयाँ पाए भने सेकेन्ड रनरअप विजेता विनोदले १० लाख रुपैयाँ पाए । यस्तै ग्राण्ड फिनालेमा पुगेका अर्का प्रतियोगी रामकुमार नेपालीले ‘लिट्मस इलेक्टीफाइन पर्फमेन्स अफ द सिजन’ को उपाधि जिते ।

‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बिबी अनुरागी थिए । लोक गायनमा पछिल्लो समय रियालिटी शो ‘नेपाल लोक स्टार’ चर्चामा थियो । यो कार्यक्रम एपीवान टेलिभिजन र युट्यबुमार्फत प्रसारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement