महासचिव पोखरेलको दाबी-दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहद विधानबाट हटाइसक्यौं

महासचिव पोखरेलको दाबी-दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहद विधानबाट हटाइसक्यौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा हाल चर्चामा रहेको दुई कार्यकालको व्यवस्था र ७० वर्षे उमेरहद दुवै प्रावधान विधानबाट हटाइ सकिएको दाबी गरेका छन्।

महासचिव पोखरेलले महाधिवेशनमा पारित विधान र राष्ट्रिय महाधिवेशन पश्चात प्रकाशित विधानमा देखिएको अन्तरलाई आधार बनाएर विधानमा भइरहेको छलछाम भनेर गरिएको प्रचारप्रति आपत्ती प्रकट गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा महासचिव पोखरेलले दुईवटा विधानमा देखिएको यस प्रकारको अस्पष्टतालाई व्याख्या गरेर स्पष्ट समेत पारेका छन्।

पोखरेलका अनुसार २०७८ भदौमा गोदावरीमा भएको पहिलो विधान महाधिवेशनमा पारित विधानलाई २०७८ मंसिरमा चितवनमा भएको १० औं राष्ट्रिय महाधिवेशनले ससोधन गरेको हो। ‘मंसिर ८ गते मध्यरातमा सौराहामा बसेको केन्द्रीय कमिटी बैठकले विधानमा रहेको दुई कार्यकालको प्रावधान हटाउने र केन्द्रीय कमिटीको आकार बढाउने निर्णय गरेको छ’, पोखरेलले लेखेका छन्।

सो बैठकले विधान महाधिवेशनले निर्धारण गरेको १९९ सदस्यीय केन्दीय कमिटीको आकार बढाएर २९९ सदस्यीय बनाउने निर्णय गरेको थियो। सो निर्णयलाई पार्टी विधानमा समावेश गर्नका लागि मंसिर ११ गतेको बन्दसत्रमा पेस गरिएको थियो। महाधिवेशनको बन्दसत्रले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउन र दुई कार्यकालको प्रावधान हटाउने प्रस्ताव सर्वसम्मत पास गरेको थियो ।

‘सोही संसोधित विधानको व्यवस्था अनुरुप डा. पुष्प कँडेल तेस्रो कार्यकालका लागि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुनु भएको हो,’ महासचिव पोखरेलले लेखेका छन्।

७० वर्षे उमेरको हद नयाँ प्रवेशीलाई व्यवस्थापन गर्ने उद्देश्यले सचिवालयको निर्णय प्रस्ताव मार्फत केन्द्रीय कमिटीबाट हटाइएको महासचिव पोखरेलको भनाइ छ ।