सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गर्‍यो : शंकर पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशहितविपरीत नागरिकता विधेकय पास गरिएको आरोप लगाएका छन् ।

एमालेले सोमबार महंगी र भ्रष्टाचारको विरोधमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए ।

नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशहित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको उनको भनाइ छ ।

एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको उनले बताए । यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेकोसमेत पाखरलले दावी गरे ।

‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ ।’, उनले भने ।

अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement