विद्रोहीको हमलामा परी कंगोमा नेपाली शान्ति सैनिकको मृत्यु


काठमाण्डु – विद्रोहीको हमलामा परि प्रजातान्त्रिक गणतन्त्र कंगोमा खटिएका एक नेपाली सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघीय शान्ति सेनामा खटिएका अनिल गुरुङको मृत्यु भएको हो ।

घाइते भएका सुर्खेत जिल्ला, गुर्माकोट–१४ निवासी सिपाही गुरुङलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको छ ।

राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समवेदन व्यक्त गरेका छन् ।

महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषिलाई तत्काल कानुनी कठघरामा उभ्याउन कंगोका अधिकारी समक्ष आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement