काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार ८.७८ अंकले बढेको छ ।
मंगलबार नेप्से परिसूचक ८.७८ अंकले बढेर २ हजार ७१२.८६ विन्दुमा पुगेर बन्द भएको छ । नेप्सेमा अघिल्लो दिनको तुलनामा ०.३२ प्रतिशतको सकारात्मक परिवर्तन छ ।
मंगलबार बजारमा कुल ७७ लाख ३४ हजार १२ कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ रुपैयाँ बराबरको कुल कारोबार भएको छ । बजार बन्द हुँदासम्म कुल १६२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने ९० कम्पनीको मूल्य घटेको छ । १६ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
मंगलबारको कारोबारमा अपर लोहोरे हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा ११.१६ प्रतिशतको उच्च वृद्धि देखिएको छ । सोल्टी होटल लिमिटेडको मूल्य ७.५६ प्रतिशत र डिप्रोक्स लघुवित्तको मूल्य ७.०४ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा सोल्टी होटल लिमिटेड अग्रस्थानमा रहेको छ । सोल्टीको २३ करोड ५७ लाख १६ हजार ५५२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आरएसडीसी लघुवित्त र नेसनल हाइड्रोपावर क्रमश: दोस्रो र तेस्रो स्थानमा रहँदै सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा परेका छन् ।




प्रतिक्रिया