सेयर बजारमा साढे ९ अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा ‘पोजेटिभ सर्किट’

सेयर बजारमा साढे ९ अर्बको कारोबार, ६ कम्पनीको मूल्यमा ‘पोजेटिभ सर्किट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–साताको कारोबारको पहिलो दिन सेयर बजार उकालो लागेको छ । यस दिन नेप्से १९.५६ अंकले बढ्दा परिसुचक २६९८ बिन्दुमा पुगेर रोकियो ।

आज २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४७ करोडको कारोबार भएको छ ।

कारोबारमा आएका १७६ कम्पनीको सेयर उकालो लागेको छ भने ६३ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबारका आधारमा आज हिमालयन पावर पार्टनरले सर्वाधिक ३३ करोड एनआरएन इन्फ्राइन्सटक्चरले ३१ करोड र सीइडिबि होल्डीङले ३० करोडको कारोबार गर्यो ।

यसदिन फाइनान्समा लगानीकर्ताको आकषर्ण देखिएको छ । ह्विन नेपाल लघुबित्त (१० प्रतिशत) , गुँरास लघुबित्त (१० प्रतिशत), नेपाल फाइनान्स (१० प्रतिशत) , जानकी फाइनान्स (१० प्रतिशत), गुँरास माइक्रोलाइफ (९.९९ प्रतिशत) र पोखरा फाइनान्स (९.९८ प्रतिशत) को सेयरमा सकारात्मक सर्किट लाग्यो ।

यस्तै आज न्याङ्दी हाइड्रोको सेयर मूल्य १० प्रतिशतले घट्यो ।

आज विकासबैंक, हाइड्रोपावर, म्युचल फण्ड, निर्जीवन बीमा र ट्रेन्डीङ सुचक घटेका छन् भने बैंकिङ, फाइनान्स, लगानी, होटल एण्ड पर्यटन, इन्स्युरेन्स, निमार्ण , माइक्रो फाइनान्स, लगायतका सबै सुचक घटेका छन् ।