काठमाण्डु– आठऔं दिनमा सेयर बजार उकालो लागेको छ । यसदिन बजार १७ अंकले बढेको हो । आज परिसुचक २८३६ बिन्दुमा पुगेको छ ।
२ करोड कित्ता सेयर किनबेच हुदा ८ अर्ब २३ करोडको कारोबार भयो ।
आज कारोबारमा आएका १४६ कम्पनीको सेयर बढेको छ भने ८८ कम्पनीको सेयर घट्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढ्यो भने विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक संस्थापक, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, घलेम्दी हाइड्रोपावर अगाडि रहे ।
आज बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे ।
प्रतिक्रिया