काठमाण्डु – सेयर बजार मंगलबार १४.८ अंकले घटेर २७१५.९१ अंकमा ओर्लिएको छ । लगातार तीन दिन बढेको नेप्सेमा मंगलबार करेक्सन देखिएको हो । आज सेन्सेटिभ इण्डेक्स २.४९, फ्लोट इण्डेक्स ०.९५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७३ अंक घटेका छन् ।
पछिल्लो तीन कारोबार दिनमा नेप्से ९६.७१ अंक बढेपछि आज १४ अंक घटेको हो ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार ११ अर्ब ८७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३१५ स्टकको ९० हजार २०२ पटकको कारोबारमा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँबराबरको १ करोड ६९ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । कम्पनीको ३० करोड ८७ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो ।
१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो।
बजार खुलेको डेढ घण्टामै चार कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको थियो ।
सामुदायिक लघुवित्त वित्तिय संस्था, कर्पोरेट डेभलपमेन्ट बैँक, ग्रिन डेभलपमेन्ट बैँक र सिन्धु विकास बैँकको सेयरमा नकारात्म सर्किट लागेको हो । साढे १२ बजेसम्म चार यी चार कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।
प्रतिक्रिया