शेयर बजारमा आज पनि हरियाली-नेप्से ६३ अंले बढ्यो


काठमाण्डु- शेयर बजार परिसूचक नेप्से मंगलबार पनि उकालो लागको छ । आज नेप्से मङ्गलवार ६३ दशमलव शून्य एक अङ्कले ओरालो लागेर दुई हजार ६ सय ७९ दशमलव ९५ विन्दुमा कायम भएको छ ।

आज उत्पादन र अन्य समूहबाहेक अरू सबै समूहको शेयर उकालो लागेको छ । आज विकास बैंक समूहको शेयर दुई सय ३२ अङ्कले, जलविद्युतको ८७, माइक्रोफाइनान्स समूहको ९१, फाइनान्स समूहको शेयर ७९ अङ्कले र जीवन बीमा समूहको एक सय ६० अङ्कले उकालो लागेको छ ।

आज ९१ लाख १० हजार कित्ता शेयर चार अर्ब ३२ करोडमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको १४ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement