हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको शेयर घट्यो


काठमाण्डु – लगातार चार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले घटेको छ ।

आज ३० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६ सय ४९ दशमलव २० विन्दुमा झरेको छ । आज दुई सय ३६ कम्पनीका ९५ लाख ५९ हजार कित्ता शेयर चार अर्ब ६२ करोड रुपैयाँमा कारोबार भएको नेप्सेले जनाएको छ ।

आज हाइड्रोपावर र फाइनान्सबाहेक अरू सबै समूहको शेयर घटेकोमा निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स, विकास बैंक, होटल र जीवन बीमा समूहको शेयर उच्च अङ्कले घटेको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रतिक्रिया दिनुहोस
Advertisement