सेयर बजार : ४५ अंकले घट्यो नेप्से, १ अर्ब ४९ करोडको कारोबार


काठमाण्डु – बिहीबार बजार मापक परिसूचक नेप्से ४५ अंकले घटेको छ । नेप्से परिसूचक ४५ अंकले घटेर १८ सय ४८ अंकमा आइपुगको छ । कारोबार सुरू भएको २ घण्टाको अवधिमा परिसूचक ५५ अंकसम्म घटेको थियो ।

जुन अन्तिम समयमा केही सुधार हुँदै ४५ अंक मात्रै घटेर बन्द भएको हो । यसक्रममा आज १ अर्ब ४९ करोड रुपैयाँ बराबरको ५० हजार कित्ता सेयर किनबेच भएको छ । बजार उच्च अंकले घटेपनि आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सुधार आएको छ ।

आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशत र सीवाई नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ९ प्रतिशतको सुधार आएको हो । आज कारोबारमा आएकामध्ये १० वटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

बजार घटेको दिन आज सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा २१८ अंकको गिरावट आउँदा निर्जीवन बीमा कम्पनी समूहको १४३ अंक घटेको छ । यसैगरी, विकास बैंक समूहमा ११९ अंकको र लघुवित्त समूहमा १०२ अंकको गिरावट आएको छ ।

आज शीवश्री हाइड्रोपावर र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । यसबाहेक, आज अधिकांश कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ । आज कारोबार भएकोमध्यै सबैभन्दा धेरै कुमारी बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement