१६ अंकले बढ्यो नेप्से, दुई अर्ब २९ करोड रुपैयाँको कारोबार


काठमाण्डु – मंगलबार सेयर बजार मापक परीसूचक नेप्से १६.२० अंकले बढेको छ । नेप्से १६.२० अंकले २०४५.६३ बिन्दुमा पुगेको छ । यता दुई अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो । त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो । यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०.०२ अंकको वृद्धि देखिएको छ ।

गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो । मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो।

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ । अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४/१२ को सीमा हट्ने हल्ला गरिरहेका छन्। जसको प्रभाव बजारमा देखिएको छ । राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन।

प्रतिक्रिया दिनुहोस
Advertisement