सामान्य घट्याे सेयर बजार, ५ अर्ब ५२ करोडकाे काराेबार

सामान्य घट्याे सेयर बजार, ५ अर्ब ५२ करोडकाे काराेबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार सामान्य घटेको छ । यसअघि नेप्से २.२५ अंकले घटेर परिसुचक २६४१ अंकमा कायम भएको छ ।

आज कारोबार रक भने बढेको छ । शुक्रबार ४ अर्ब २७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५२ करोडको भयो ।

कारोबारमा आएका ७२ कम्पनीको मूल्य बढेको छ भने २०१ को घटेको छ, त्यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकमका आधारमा यसदिन रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, रिडी पावर, खानीखोला हाइड्रोपावर र विकास हाइड्रोपावर क्रमशः अगाडि रहे । रिलायन्स स्पिनिङ एक्लैले १ अर्ब ३८ करोडको कारोबार गर्‍यो ।

यसदिन सर्वोत्तम पेन्ट्स् र माउन्ट एभरेस्ट पावरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको ११.१७, सगरमाथा जलविद्युत कम्पनीको ११.०६ प्रतिशत बढ्यो।

यस्तै बैंकिङ ०.५०, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.५६, लगानी ०.५९, फाइनान्स १.१४, जीवन बीमा ०.३६, माइक्रोफाइनान्स ०.६६ तथा निर्जीवन बीमा ०.६१ प्रतिशत घटे । त्यस्तै उत्पादन तथा प्रशोधन १.३०,जलविद्युत् ०.४५, अन्य ०.४७ र व्यापार ०.१४ प्रतिशत बढे ।