नेप्से परिसूचनक २.८५ अंकले घट्दा चन्द्रागिरीको सेयर २० सय नाघ्यो


काठमाण्डु – नेप्से परिसूचक २६७१.६१ विन्दुमा झरेको छ । २.८५ अंकले घटेर नेप्से परिसूचक २६७१.६१ विन्दुमा पुगेको हो ।

आज ७ अर्ब २६ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २७ करोड ६३ लाख रुपैयाँ कारोबारसहित निफ्रा (नेपाल पूर्वाधार बैंक) सबैभन्दा अघि छ ।

यस्तै, दोस्रो र तेस्रोमा क्रमशः चिलिमे हाइड्रोपावर छिमेक लघुवित्त परेका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ ।

महिला लघुवित्त वित्तिय संस्था, चन्द्रागिरी हिल्स र एनआइसी एसिया लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सबैभन्दा बढेको छ । चन्द्रागिरी हिल्सको सेयर मूल्यले २ हजार ५ सय ७८ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस