शेयर बजारमा सामान्य वृद्धि


काठमाण्डु – लगातार ओरालो लागेको शेयर बजार परिसूचक आज भने सामान्य वृद्धि भएको छ । हप्ताको तेस्रो दिन आज बजार परिसूचक २.६८ अङ्कले बढेको छ । मङ्गलवार नेप्से २.६८ अङ्कले बढेर २६ सय ६४ दशमलव ६१ विन्दुमा पुगेको छ ।

आज व्यापार समूहको शेयर ३४ दशमलव ३२, होटेल तथा पर्यटन समूहको १ दशमलव ६५, विकास बैंक समूहको ४८ दशमलव ४२, जलविद्युत ३१ दशमलव ७७, फाइनान्स समूहको ४ दशमलव ८८, उत्पादनको ५ दशमलव ८७, माइक्रो फाइनान्स समूहको ६ दशमलव १९, जीवन बिमाको ५३ दशमलव ९८अङ्कले बढेको छ ।

आज बैंकिङ, निर्जीवन बिमा, म्युचल फण्ड र लगानी समूहको शेयर भने घटेको छ । क्रमशः १ दशमलव ३७, २४ दशमलव ३९, ० दशमलव ०४र १ दशमलव ०५ अङ्कले घटेको छ । आज सेन्सेटिभ परिसूचक पनि ० दशमलव ५ अङ्कले बढेर ४ सय ७९ दशमलव ६० बिन्दुमा पुगेको छ । मङ्गलवार २ सय १६ कम्पनीका एक करोड २३ लाख ६९ हजार ५ सय १ कित्ता शेयर ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६ सय ४० रुपैयाँमा किनबेच भए ।

प्रतिक्रिया दिनुहोस
Advertisement