नेप्सेमा ८ अंकको गिरावट


काठमाण्डु — सेयर बजार परिसूचक नेप्से आज ८.२४ अंकले ओरालो लागेको छ । सो अंकले ओरालो लागेको नेप्से ३०५०.४२ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर १४ अर्ब १३ करोड बराबरको सेयर खरिद बीक्री भएको छ ।

समूहगत रुपमा हेर्दा ब्यापार ५५, होटल तथा पर्यटन १४, जलविद्युत १०२, फाइनान्स ६५, निर्जीवन बीमा १४, उत्पादन ८४, माइक्रोफाइनान्स ९८ र जीवन बीमा समूह ६८ अंकले उकालो लागेको छ ।

बैंकिङ सबैभन्दा धेरै ४३ अंकले ओरालो लाग्दा विकास बैंक ३४ र अन्य समूह १० अंकले घटेका छन् । आज विशाल बजार कम्पनी र रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले उकालो लागेको हो । यस्तै सबैभन्दा धेरै पोखरा फाइनान्सको मूल्य ५ प्रतिशतले ओरालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement