शेयर बजारमा पहिरो,नेप्से १ सय अंकले ओरालो लाग्यो


काठमाण्डु – शेयर बजारमा पहिरो गएको छ । सोमबार नेप्से परिसूचक १००.१० अंकले ओरालो लागेको छ । यससंगै नेप्से परिसुचक २८२०.४१ म झरेको छ । सोमबार कारोबार रकम भने झण्डै ९ अर्ब पुगेको छ ।

शेयर बजार आइतबार पनि १० अंकले घटेको थियो । सोमबार घटेको बजारमा सबैभन्दा बढी कारोबार अपि जलविद्युत परियोजना, एनआईसी एसिया बैंक, अपर र अरुण भ्याली जलविद्युत परियोजनाको भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement